१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
तस्बिर : द गार्डियन
रासस नैरोबी
२o८१ असार १८ मंगलबार १५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

कर वृद्धिको विरोध प्रदर्शनमा केन्यामा ३९ को मृत्यु, ३६१ घाइते

Read Time : < 1 मिनेट
रासस, नैरोबी
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १५:२o:oo

कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकारविरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अलजजिराले जनाएको छ।

केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसिएचआर)ले मृतकको संख्या सार्वजनिक गर्दै ३६१ जना घाइते भएका जनाएको छ। यो तथ्यांकले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगले जनाएको छ।

अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण करविरोधी र्‍याली गत हप्ता संसद्ले विवादास्पद कानुन पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो।

राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए। उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको भन्दै मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे।

‘केएनसिएचआरले प्रदर्शनकारी, चिकित्साकर्मी, वकिल, पत्रकारहरूको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्सजस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ,’ आयोगले जनाएको छ। 

प्रदर्शनकारीहरूविरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको केएनसिएचआरले भनेको छ। आयोगले संसद् र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ।

राष्ट्रपति रुटोले कर वृद्धिसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने घोषणा गरे पनि मंगलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन्। प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

ad
ad
ad
ad