१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

असइ थमन विककाे हत्या आरोप लागेका पूर्वप्रदेश सांसद कौशल यादव पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १६:२२:oo

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी असइ थमन विकको हत्या गरेको आरोप लागेका पूर्वप्रदेश सांसद कौशल यादवलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ। सोही हत्या आरोपमा पूर्वसांसद यादवको हकमा मुद्दा मुल्तबीमा राखिएकोमा अर्कै घटनामा पक्राउ परेका यादवलाई थमन हत्या मुद्दामा समेत अदालत पेस गरिएको हो।

उक्त मुद्दाको सक्कल मिसिल उच्च अदालत जनकपुरमा रहेकाले मिसिल भोलि मात्र जिल्ला अदालत महोत्तरी आउने भएकाले आइतबार उनलाई प्रहरी हिरासतमा पठाइने जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी केदारनाथ झाले बताए। उनीमाथि कर्तव्य ज्यान र आगलागी मुद्दा रहेकोमा दुवै मुद्दामा उनी फरार रहेकाले अब मुल्तबीबाट मुद्दा ब्युँझिने र आवश्यक कारबाही अघि बढ्ने सूचना अधिकारी झाको भनाइ छ। उनले सक्कल मिसिलका लागि पत्र जनकपुर उच्च अदालत पठाइसकेको जानकारी दिए।

स्कारपियोलाई ठक्कर दिँदा ब्युँझियो पुरानो मुद्दा
पूर्वसांसद यादवलाई प्रहरीले सशस्त्र असइ विककै मुद्दामा पक्राउ नगरी उनलाई सडक दुर्घटनाको अर्कै मुद्दामा पक्राउ गर्दा पुरानो मुद्दा पनि ब्युँझिएको हो । शनिबार सम्सी गाउँपालिका– ५ स्थित हुलाकी सडक खण्डमा यादवले चलाएको प्र.२–०२–००१ च ००४५ नम्बरको गाडीले डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा तीनजना घाइते भएपछि प्रहरीले सोधपुछका क्रममा डाटाबेसमा भेटेपछि पक्राउ गरेर अदालतमा पेस गरेको हो।
 

ad
ad
ad
ad