१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १४ शुक्रबार o७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o७:१६:oo

सम्मानित नेताको पद यथावत्, वरिष्ठ उपाध्यक्ष पद थप्ने

जगन्नाथ खतिवडा, प्रचार विभाग प्रमुख, एकीकृत समाजवादी : पार्टीले केन्द्रीय पदाधिकारी २१ जना बनाउन प्रस्ताव गर्नेछ । सम्मानित नेताको पद कायम रहनेछ । वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट सुरक्षित गरिनेछ ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालयको ८९औँ बैठकले केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय गरेको हो । यसअघि दोस्रो केन्द्रीय परिषदको बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो ।

सम्मानित नेताको पद यथावत् राख्ने र वरिष्ठ उपाध्यक्ष पद थप्ने निर्णय भएको छ । सात उपाध्यक्ष हुनेछन् । तीनदेखि पाँच उपमहासचिव र सातदेखि नौजना सचिव बनाउने तयारी छ । महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । महाधिवेशनको हलले विधान पास गरेअनुसारको पद कायम रहने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘पार्टीले केन्द्रीय पदाधिकारी २१ जना बनाउन प्रस्ताव गर्नेछ । सम्मानित नेताको पद कायम रहनेछ । वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट सुरक्षित गरिनेछ,’ उनले भने । पदाधिकारीमा समावेशितामा जोड दिने उनले बताए । आवश्यताअनुसार वरिष्ठ नेताको पद सिर्जना गर्न सकिने उनले बताए । 

महाधिवेशन प्रतिनिधि मनोनीत नगर्ने निर्णय पनि बैठकले गरेको छ । पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था थियो । महाधिवेशनमा केही विशिष्ट कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने निर्णय पनि भएको छ । सहमतिका नेतृत्व चयनको प्रयास जारी रहेको खतिवडाले बताए । सहमतिका लागि नेताहरूबीच छलफल सुरु भइसकेको उनले बताए । निर्वाचन हुने अवस्थामा पनि सहमतिमै हुने उनले बताए । ९५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि निर्वाचन नहोस् भन्ने पक्षमा रहेको उनले दाबी गरे ।

 

ad
ad
ad
ad