१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
एकीकृत समाजवादीको दशौँ महाधिवेशन उद्घाटन समाराेहमा सम्बाेधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : संजित परियार/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सबै वामपन्थी र कम्युनिस्टबीच एकताको आधार तयार पार्ने प्रचण्डको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १६:११:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको महाधिवेशनले मुलुकका सबै वामपन्थी र कम्युनिस्ट पार्टीबीच एकताको आधार तयार पार्ने विश्वास व्यक्त गरेका छन्।

एकीकृत समाजवादीको दशौँ महाधिवेशनलाई शुभकामना व्यक्त गर्न उद्घाटन सत्रमा उपस्थित भएका माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले प्रगतिशील शक्तिहरूबीच पुनः एकताको निम्ति महाधिवेशनले ठोस निर्णय लिने विश्वास व्यक्त गरेका हुन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन एकता, संघर्ष, विभाजन, पुनः एकता हुँदै अघि बढेको छ। यसरी हेर्दा पनि हामी सबै वामपन्थी, कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनैपर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र आत्मसम्मानका निम्ति एकठाउँमा उभिन जरुरी छ। त्यसका निम्ति पनि महाधिवेशनले ठोस निर्णय लिने विश्वास लिएको छु।’

कम्युनिस्टहरू सधैँ अतीतमुखी नभई भविष्यमुखी हुन्छन्, निराशामुखी नभई आशामुखी हुन्छन् भन्दै उनले महाधिवेशनले क्रान्तिकारी आशावादीताका साथ कम्युनिस्ट एकता र राष्ट्रको स्थायित्वका निम्ति उन्नत विचार संश्लेषण गर्नेछ भन्ने विश्वास व्यक्त गरे।

उनले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेको शान्तिप्रक्रिया र लोकतान्त्रिक गणतन्त्रलाई अझ परिमार्जन गर्नका निम्ति पनि सबै एकठाउँमा उपस्थित हुनुपर्ने अवस्था आएको चर्चा गरे। 

उनले अहिले सबै पार्टी खतम भए, सबै नेता खतम भए भन्ने निराशाजनक भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यस्तो भाष्य गलत रहेको जिकिर गरे। उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका निम्ति निर्ममताका साथ पहल अघि बढाएको भन्दै तैपनि आलोचना भइरहनु न्यायोचित नभएको बताए।

ad
ad
ad
ad