१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
२o८१ असार १४ शुक्रबार o६:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप : अफगानिस्तानको यात्रा सेमिफाइनमै सीमित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार o६:३७:oo

सन् १९९२ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको दक्षिण अफ्रिका पहिलोपटक टी–२० विश्वकपको फाइनलमा 

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सनसनी मच्चाएको अफगानिस्तानको यात्रा सेमिफाइनलसम्म सीमित भएको छ । पहिलोपटक विश्वकपको अन्तिम चारमा प्रतिस्पर्धा गरेको अफगानिस्तान बिहीबार दक्षिण अफ्रिकासँग नौ विकेटले पराजित भयो । समग्रमा एकदिवसीय र टी–२० विश्वकपमा गरी सात सेमिफाइनल खेलेको दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध ६७ बलअगाडि नै सानदार जित निकाल्यो । 

पहिलो सेमिफाइनलमा चालू प्रतियोगितामै पहिलोपटक खराब ब्याटिङ गर्दा अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेटको नोक्सानीमा ६० रन जोड्दै पहिलोपटक फाइनलमा स्थान पक्का गर्‍यो । दक्षिण अफ्रिकाको जितमा रिजा हेन्ड्रिकले २५ बलमा २९ र एडेन माक्रामले २१ बलमा २३ रनको योगदान दिए । सन् १९९२ देखि विश्वकपमा सहभागी भएको दक्षिण अफ्रिका ३२ वर्षपछि फाइनलमा पुगेको हो । 

अफगानिस्तानको हारका कारण
सेमिफाइनलअघि अफगानिस्तानका ओपनरले उत्कृष्ट प्रदर्शन गरेका थिए । रहमानुल्लाह गुर्वाज र हजरतुल्लाहले भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज, न्युजिल्यान्ड र बंगलादेशविरुद्ध उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, सेमिफाइनलको महत्वपूर्ण खेलमा यी दुवै ओपनर चुके । दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले दुवै ओपनर दोस्रो ओभरभित्र गुमाएको थियो ।

पहिलो सेमिफाइनल खेलाइएको पिचको रेकर्डअनुसार दोस्रो ब्याटिङ गर्ने टोली विजयी भएको देखिन्छ । यहाँ पछिल्ला पाँचमध्ये चार खेलमा लक्ष्य पछ्याउने टोलीले जित हात पारेका थिए । यस पिचको सबैभन्दा कम योगफल युगान्डाले न्युजिल्यान्डविरुद्ध ४० रन मात्र बनाएको थियो । अफगानिस्तानका कप्तान रसिद खानको टस जितेर पहिलो ब्याटिङको निर्णय नै गलत देखियो । दक्षिण अफ्रिकाले दोस्रो ब्याटिङ गरी सहजै लक्ष्य पछ्यायो ।

यसैगरी, अफगानिस्तानले महत्वपूर्ण खेलको तनाव झेल्न सकेन । यसविपरीत सेमिफाइनल खेलको अनुभवी टोली दक्षिण अफ्रिकाले सहजै खेल जित्यो । सम्भवतः पहिलोपटक सेमिफाइनल खेलेका कारण नै अफगानिस्तानका खेलाडी धेरै ‘एक्साइटेड’ भएका थिए । दबाबपूर्ण खेल खेल्ने अनुभव नभएका अफगानिस्तानका खेलाडी आत्तिए । एकपछि अर्को विकेट गुमाउँदै जाँदा खेलाडीबीच गतिलो साझेदारी भएन । 

रबाडाको एकै ओभरमा दुई विकेट
अफगानिस्तानविरुद्ध खेलमा रबाडाले एकै ओभरमा दुई विकेट लिनु नै खेलको टर्निङ प्वाइन्ट बन्यो । अफगानिस्तानले तीन ओभरभित्र दुई विकेट गुमाएको थियो । रबाडाले चौथो ओभरमा ओपनर जर्दानलाई बोल्ड गरे । त्यसपछि अनुभवी ब्याट्सम्यान मोहमद नैबलाई उनले पेभेलियन पठाए । यही दुई मुख्य ब्याट्सम्यान छिटो पेभेलियन फर्कनु पनि अफगानिस्तानका लागि घातक भयो । 

टस हार्नु नै फाइदा : एडेन माक्रम, कप्तान, द.अफ्रिका
अब हाम्रो लक्ष्य ट्रफी हो । अफगानिस्तानविरुद्ध टस हार्नु नै फाइदाजनक भयो । यदि टस जितेको भए पनि बलिङ नै रोज्थेँ । यसअघि दक्षिण अफ्रिकाले फाइनल खेलेको छैन । अब हाम्रो प्रयास उपाधि भिडन्तमा उत्कृष्ट प्रदर्शन गर्नु हो ।

यहाँसम्म आउन धेरै मिहिनेत गर्‍यौँ : रसिद खान, कप्तान, अफगानिस्तान
अफगानिस्तानले सेमिफाइनल स्थान पक्का गर्न धेरै मिहिनेत गरेको थियो । दक्षिण अफ्रिकाविरुद्ध सोचेजस्तो प्रदर्शन भएन । विश्वकपमा हामी कुनै पनि टोलीलाई हराउन सक्षम थियौँ । तर, सेमिफाइनलमा यो रेकर्ड कायम राख्न सकेनौँ । यसको एउटै कारण कुनै पनि खेलाडीले दबाबको सामना गर्न सकेनन् ।

ती दुई सेमिफाइनल
सन् १९९२ को विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाको भेट भएको थियो । वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिकाले अन्तिम एक बलमा २२ रनको लक्ष्य पाएको थियो । जुन असम्भव थियो । त्यसपछि सन् १९९९ को सेमिफाइनलमा एलान डोनाल्ड रनआउट हुँदा अस्ट्रेलियाले फाइनल स्थान पक्का गरेको थियो । फाइनल प्रवेशको खेलमा अस्ट्रेलियाले २१२ रन बनयो । अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई ९ रन आवश्यक थियो । 

लान्स क्लुजनरले सुरुका दुई बलमा चौका प्रहार गरी २१२ रनको बराबरी गरे । अन्तिम चार बलमा १ रन आवश्यक भयो । लान्स क्लुजनरले डोनाल्डलाई १ रनका लागि कल गरेका थिए । तर, अस्ट्रेलियन खेलाडीले डोनाल्डलाई रनआउट गरे । लिग चरणमा दक्षिण अफ्रिकालाई पराजित गरेको आधारमा अस्ट्रेलिया फाइनलमा पुग्यो । दक्षिण अफ्रिका र अफगानिस्तानबीच टी–२० विश्वकपमा एकपटक प्रतिस्पर्धा भएको थियो । जसमा दक्षिण अफ्रिका विजयी भयो । 

ad
ad
ad
ad