मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ११ मंगलबार १४:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

०१५ सालदेखिका संसद्का गतिविधि वेबसाइटमा राख्न एमाले प्रमुख सचेतकको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १४:५२:oo

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेपालको संसदीय इतिहासका सबै अभिलेखलाई वेबसाइटमा राख्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बर्तौलाले नेपालको संसदीय इतिहास ०१५ सालदेखि सुरु भएको र त्यसयताका संसदीय गतिविधिहरू सार्वजनिक डोमेनमा उपलब्ध नभएको बताए।

संसद्का गतिविधिहरू नागरिकले सहजै हेर्न, खोज्न तथा अध्ययन गर्न मिल्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

संसद्को शून्य समयमा बोल्दै उनले भने, ‘अहिलेसम्म हेर्ने हो भने संसद्का सबै प्रकारका अभिलेखहरूलाई हामीले व्यवस्थित ढंगबाट पब्लिकले सजिलै प्राप्त गर्न सकिने गरी उपलब्ध गराउन सकेको छैनौँ । म आज सम्माननीय सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु, संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्न मिल्ने गरी पब्लिक डोमेनमा उपलब्ध गराउनु माग गर्न चाहन्छु ।’