१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ११ मंगलबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आज विनियोजन विधेयक (बजेट) पारित हुँदै, एमालेले लगायो ह्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १o:३५:oo

आगामी आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) आज पारित हुँदै छ ।प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमा छलफल सकिएपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

बजेट पारित हुने भएपछि दलहरूले ह्विप जारी गरेका छन्। एमाले संसदीय दलले अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ । 

‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आव ०८१/८२ को बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न नेकपा एमालेका सांसदलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु,’ प्रमुख सचेतक महेश बर्तौलाले भनेका छन् ।

ad
ad
ad
ad