१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
रासस मोरङ
२o८१ असार १४ शुक्रबार १७:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

कोशीमा धान रोपाइँ १४ प्रतिशत मात्रै

Read Time : < 1 मिनेट
रासस, मोरङ
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १७:२८:oo

अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ। यहाँ दुई लाख ७६ हजार ३८३.७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८०.३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ। कोशीमा गत वर्ष असार १४ गतेसम्म १६.९६ प्रतिशतमा धान रोपाइँ गरिएको थियो।

प्रदेशका १४ जिल्लामध्ये सबैधन्दा धेरै झापामा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपिने गरेको निर्देशनालयकी सूचना अधिकृत पूर्णमाया गुरुङले जानकारी दिइन्। 

झापामा सबैभन्दा धेरै ७५ हजार ७५९.१८४ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार २२५ हेक्टरमा धान रोपिने गरेको उनले बताइन्।

हालसम्म झापामा ११.३५ प्रतिशत, मोरङमा १०, सुनसरीमा ११, ताप्लेजुङमा २९.४०, संखुवासभामा सात प्रतिशत, सोलुखुम्बुमा ३५, पाँचथरमा २९, इलाममा ३०, भोजपुरमा २७, तेह्रथुममा २५, धनकुटामा १२, उदयपुरमा १५.२५, ओखलढुंगामा १२.२५ प्रतिशत र खोटाङमा १३.४० प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

असार १५ गते ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइने तयारी रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए। विगतका तुलनामा कम रोपाइँ भए पनि यस वर्ष धानमा हाल्ने रासायनिक मलको भने अभाव नरहेको उनले बताए। रासस

ad
ad
ad
ad