१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Friday, 28 June, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ असार ११ मंगलबार o९:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

संखुवासभाका १० वटै स्थानीय तहको नीति कार्यक्रमसहित बजेट पास

खाँदबारी नगरपालिकाको बजेट ६७ करोड ४५ लाख ७६ हजार

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o९:५९:oo

संखुवासभाका १० वटै स्थानीय तहले असार १० अर्थात् आज (सोमबार) नीति कार्यक्रमसहित बजेट ल्याएका छन् । खाँदबारी नगरपालिकाले ६७ करोड ४५ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार खाँदबारी नगरपालिकाको १६औँ नगरसभा बैठकमा उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले उक्त बजेट विनियोजन गरेकी हुन् ।

उक्त नगरसभामा आगामी आर्थिक वर्ष ०८१/८२ का नीति तथा कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रम सभाले पास गरेको थियो । त्यसपछि नगर उपप्रमुख बज्राचार्यले खाँदबारी नगरपालिकाको कुल आय–व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरिएको बजेट सार्वजनिक गरेकी थिइन् । समृद्ध नगर बनाउन खाँदबारी नगरपालिका लागिपरिरहेकोलगायत थुप्रै योजनाहरू अगाडि सारेका छन् ।

१० वटा स्थानीय तह रहेको संखुवासभामा पाँचवटा नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन्।  चैनपुर नगरपालिकाले ६२ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसैगरी, पाँचखपन नगरपालिकाले ५० करोड २७ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

मादी नगरपालिकाले ४५ करोड २५ लाख ३६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । धर्मदेवी नगरपालिकाको सोमबार बसेको नगरसभा बैठकले नीति तथा कार्यक्रम मात्रै पास गरेको छ भने बजेट विनियोजन गर्न सकेन। निकट समयभित्र बजेट विनियोजन गरिने धर्मदेवी नगरपालिकाले जनाएको छ ।

यता गाउँपालिकातर्फबाट चिचिला गाउँपालिकाले २५ करोड पाँच लाख २५ हजार बजेट विनियोजन गरेको छ भने मकालु गाउँपालिकाले ४६ करोड ६८ लाख २६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसैगरी सिलिचोङ गाउँपालिकाले ३९ करोड ४२ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ भने भोटखोला गाउँपालिकाले ३१ करोड ६८ लाख ६० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसैगरी सभापोखरी गाउँपालिकाले ३७ करोड ३० लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अधिकांश स्थानीय तहले पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । 
 

ad
ad
ad
ad