१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ असार ९ आइतबार ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार ११:४७:oo

संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा आज प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा उक्त समिति गठन गर्ने निर्णय भएको हो । सो समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् ।

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गिरी सहभागी थिए । मुख्यसचिव डा. वैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको पनि उपस्थिति रहेको थियो ।

सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक र अनौपचारिक छलफल गरिरहेको उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।