मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ८ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ८ शनिबार १o:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

५१ हजारमा मानार्थ विद्यावारिधि बाँड्न लागेको समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १o:१६:oo

भारतीय विश्वविद्यालयले ५१ हजारमा मानार्थ विद्यावारिधि बाँड्न लागेको समाचारप्रति शिक्षा मन्त्रालयले आफ्नाे ध्यानाकर्षणा भएको जनाएको छ। 

शनिबार पर्यटन बोर्डको हलमा गर्न लागेको कार्यक्रम शिक्षा ऐन, २०२८ को १६(ढ) तथा शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ को ३(घ) विपरीत भइरहेको कार्यक्रम आयोजना नगर्न  शिक्षामन्त्री सुमना श्रेष्ठले निर्देशन  दिएकी छिन्।

यस विषयमा मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको जनाइएको छ। अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजक र आयोजनास्थलबारे आवश्यक समन्वय गरिरहेको र आयोजकले कानुनविपरीत कार्यक्रम जारी राखे प्रशासनले आवश्यक हस्तक्षेप गर्ने पनि मन्त्रालय जनाएको छ। 

यस विषयमा मन्त्रालयले थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने बताइएको छ।