मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Friday, 28 August, 2026
२o८१ असार ४ मंगलबार o६:३८:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लाइटर पड्किँदा घर जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o६:३८:oo

अँगेनोमा राखेको लाइटर पड्किँदा अछाम ढकारी– ६ मोयमा एक घर जलेर नष्ट भएको छ । आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर अत्यधिक गर्मीले तातेर पड्किँदा सोमबार दिउँसो स्थानीय हरिचन कामीको खरले छाएको घर जलेर सखाप भएको स्थानीय नेत्रबहादुर बुढाले बताए ।

उनका अनुसार दिउँसो घरमा कोही नभएका वेला चुलोछेउमा राखिएको लाइटरभित्रको ग्यास विस्फोट भएपछि एकाएक घरमा आगोको मुस्लो देखिएको थियो ।आगलागीले नगदसहित आन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको कामीले बताए ।

यस क्षेत्रमा पहिलोपटक अत्यधिक गर्मी महसुस भइरहेको स्थानीयले बताएका छन् । जसका कारण गाउँका खरले छाएका घर तथा गोठमा आगलागीको जोखिम बढेको छ ।