१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २ आइतबार १८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकडाराका इन्जिनियर र सबइन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १८:५१:oo

महोत्तरीको एकडारा गाउँपालिकाका इन्जिनियर सुभास पाण्डेय र असिस्टेन्ट सबइन्जिनियर सञ्जयकुमार मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। 

आइतबार विशेष अदालतले गैरकानुनी लाभ लिएको एक मुद्दाामा उनीहरूका साथै व्यवसायी राकेशकुमार रायमाथि पनि कसुर कायमको फैसला गरेको छ। 

आर्थिक वर्ष ०७९-८० मा गाउँपालिकाको वडा नं १ अन्तर्गतका स–साना सडक ढलान गर्नका लागि विनियोजित रकमबाट गुणस्तरहीन काम भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो। अनुसन्धान गरी यसै वर्ष १४ वैशाखमा ६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला भएको हो।

गुणस्तर चेकजाँच नै नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब र प्रतिवेदनका आधारमा आठ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। उक्त रकमको दामासाहीले हुन आउने रकम दुई लाख ८८ हजार रुपैयाँभन्दा बढी पाण्डेय र मण्डललाई तिराउने फैसलामा छ भने उनीहरूले तीन महिना कैद सजायसमेत काट्नुपर्नेछ । 

अर्का प्रतिवादी तथा मनरा सिसवाका ठेक्का व्यवसायी राकेशकुमार रायमाथि पनि सजाय निर्धारण भएको छ। उनीबाट बिगो रकम अर्थात् दुई लाख ८८ हजार रुपैयाँ असुलउपर हुने भएको छ।

विशेषका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यसै वर्ष वैशाख मध्यमा दायर मुद्दामाथि यस्तो फैसला गरेको हो। मुद्दामा तीनजनाले भने सफाइ पाएका छन्।

गाउँपालिका उपाध्यक्ष महजबी खातुन र प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहले सफाइ पाएका हुन्। यसै मुद्दामा अर्का प्रतिवादी महेन्द्रकुमार मण्डललाई पनि विशेषले सफाइ दिएको छ । उनी गाउँपालिकामा योजना शाखा प्रमुखका रूपमा कार्यरत थिए।

ad
ad
ad
ad