१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १ शनिबार
  • Friday, 21 June, 2024
फणीन्द्र देवकोटा
२o८१ असार १ शनिबार o६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकीमा फ्लोर क्रस गर्ने देवकोटा पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १ शनिबार o६:१९:oo

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिने क्रममा माओवादीको ह्विप उल्लंघन गरेका फणिन्द्र देवकोटा प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका छन् । माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेका नेपाल समाजवादीका नेता देवकोटाले २९ जेठमा फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका थिए । लगत्तै, ऊर्जामन्त्रीसमेत बनेका देवकोटालाई माओवादीको सिफारिसमा सभामुख कृष्ण धितालले पदमुक्त गरिएको व्यहोराको पत्र शुक्रबारको प्रदेश सभा बैठकमा पढेर सुनाए । 

माओवादीले देवकोटालाई २९ जेठमा २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधेको थियो । देवकोटाले आफू माओवादी नभई नेपाल समाजवादीको सांसद भएको व्यहोराको जवाफ दिएका थिए । देवकोटाले भने आफ्नो कानुनी अधिकार र संवैधानिक हकमाथि प्रहार भएको बताउँदै अदालत जाने चेतावनी दिए । ‘म माओवादी सांसद होइन, नेसपाको हो। कसैको रैती बन्न नचाहँदा ममाथि कारबाही भएको हो। कानुनी उपचारमा जान्छु,’ उनले भने।

ad
ad
ad
ad