१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २७ आइतबार
  • Wednesday, 03 July, 2024
२o८१ जेठ २७ आइतबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी विश्वराज पछल्डङ्ग्या पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २७ आइतबार १o:२९:oo

नयाँ पत्रिका दैनिकका बाँके संवाददाता विश्वराज पछल्डङ्ग्या पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकाे भन्दै नेपाल पत्रकार महासंघ बाँकेले १४औँ वार्षिक साधारणसभामा उनलाई ‘रामकली–चन्द्रकली कुर्मी शिक्षा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगद र सम्मानपत्र प्रदान गरे । उद्घाटन कार्यक्रममा विष्टले पत्रकारिताको विकासका लागि उपमहानगरले सञ्चार नीति बनाएको बताए । उनले हौसला प्रदान गर्न हरेक वर्ष दुईजना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने योजना सुनाए । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पत्रकारको कलममा शक्ति भएको बताए । उनले देशमा भएका हरेक परिवर्तनमा पत्रकारले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । उनले भने, ‘एक चर्चित विद्वानले पत्रकार हुन नसकेकोमा आफूलाई पछुतो भएको भनाइ सार्वजनिक गर्नुभएको थियो । उहाँजस्तै मलाई पनि पत्रकार हुन नसकेकोमा पछुतो छ ।’

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले पत्रकारिताको कलमले राष्ट्र र समाजलाई सत् मार्गमा डाेर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले प्रहरी र पत्रकारबीच समन्वय र सहकार्य आवश्यक भएको औँल्याए । साधारण सभाले सचिव कमल डाँगीले पेस गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विनोद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।  

  

ad
ad
ad
ad