मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ७ शुक्रबार o६:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कीर्तिमानी अलराउन्डर जफर लुम्बिनीबाट खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o६:२o:oo

क्यानडियन क्रिकेट अलराउन्डर साद बिन जफरले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लुम्बिनीले टी–२० फम्र्याटकै उत्कृष्ट अलराउन्डर जफरलाई बिहीबार अनुबन्ध गरेको हो । दुई महिनाअघि अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरको आइसिसी टी–२० विश्वकपमा जफरले क्यानडाको कप्तानी गरेका थिए ।

टी–२० खेलमा इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनीलाई थप मजबुत बनाउने विश्वास लुम्बिनीले लिएको छ । पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर जफरले सन् २००८ मा क्यानडाको फस्टक्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् । बायाँहाते स्लो स्पिन र बायाँहाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा सेन्ट लुसिया जोक्सका तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

चारै ओभर मेडन
जफरले टी–२० आईमा पानामाविरुद्ध चार ओभरको बलिङ स्पेलमा १ रन पनि नदिई कीर्तिमान बनाएका छन् । यस्तो कीर्तिमान राख्ने उनी पहिलो विश्वकै बलर हुन् । सन् २०२१ नोभेम्बरमा पानामाविरुद्धको खेलमा उनले चार ओभरमा रन नदिई दुई विकेट लिएर कीर्तिमानी प्रदर्शन गरेका थिए । यो रेकर्ड तोडिएको छैन । लुम्बिनीमा आबद्ध भएपछि जफरले आफ्नो उत्साह देखाए । ‘नेपाल प्रिमियर लिगका लागि लुम्बिनीसँग आबद्ध हुन पाउँदा अत्यन्तै उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी तथा समग्र नेपाली क्रिकेटमा महŒवपूर्ण योगदान पु¥याउन चाहन्छु,’ उनले भने । एनपिएल १५ मंसिरबाट सुरु हुँदै छ । लुम्बिनीको पहिलो खेल १९ मंसिरमा विराटनगर किङ्ससँग हुनेछ ।