Skip This
बेलायतमा पढेर नेपाल फर्किएका विद्यार्थीलाई सम्मान
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Monday, 25 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ७ शुक्रबार o९:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेलायतमा पढेर नेपाल फर्किएका विद्यार्थीलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o९:३९:oo

बेलायतमा शैक्षिक अवसर खोजिरहेका विद्यार्थीलाई सहयोग गर्दै आइरहेको बिज एजुकेसनले त्यहाँ पढेर नेपाल फर्किएका विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरका प्रतिनिधि, बिज एजुकेसनका प्रबन्ध–निर्देशक हरि कार्कीलगायतले विद्यार्थीलाई स्वागत तथा सम्मान गरेका हुन्।

भक्तपुरकाे गठ्ठाघरमा रहेको बिज एजुकेसनले बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सहजीकरण गर्दै आइरहेको छ । त्यहाँ पढेका विद्यार्थीहरूले हरेक वर्ष नेपाल फर्किएर यहीँ रोजगार सिर्जनासमेत गर्ने गरेका छन् । बिहीबार आयोजना गरिएको कार्यक्रममा अभिशेक गौतम, राजन श्रेष्ठ, रेष्मा भण्डारी, अनुराधा पराजुलीलगायत विद्यार्थीहरूले सफलताका कथा सुनाएका थिए।

बेलायतमा पढेर पनि नेपालमा फर्कँदा थुप्रै सम्भावनाको ढोका खुल्ने र नेपालका लागि एउटा दक्ष जनशक्ति फर्कँदा फाइदा पुग्ने  बिज एजुकेसनका प्रबन्ध–निर्देशक हरि कार्कीले बताए । ‘बेलायतमा पढ्न निकै महँगो छ, त्यहाँ ऋण खोजेर पढ्न जान्छु र कमाएर तिर्छु भन्न सकिने अवस्था हुँदैन, तर त्यहाँको शिक्षा भने गुणस्तरीय छ,’ उनले भने, ‘हामीले विद्यार्थी पठाउँदा पहिले नै सचेत गराएर पठाउँछौँ, त्यहाँ पढेका विद्यार्थी नेपाल फर्किएर केही गर्नु देशका लागि राम्रो कुरा हो ।’

बिज एजुकेसनले बेलायत, अस्ट्रेलियालगायत देशमा अध्ययन गरिरहेका विद्यार्थीलक्षित विभिन्न शैक्षिक गतिविधि पनि गर्दै आइरहेको छ । पछिल्लो समय नेपालमा विद्यार्थीका लागि शैक्षिक गन्तव्यका रूपमा बेलायत प्रमुख स्थानमा रहेको पाइन्छ । अन्य देशको भन्दा शैक्षिक गुणस्तरीयता राम्रो भएकाले त्यहाँ जाने विद्यार्थीहरूको संख्या पनि बढेको पाइन्छ ।