मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ७ शुक्रबार o६:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालकी सिभाली च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार o६:१४:oo

नेपालकी सिभाली गुरुङ जुनियर यू–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ को महिला एकलमा च्याम्पियन भएकी छिन् ।

बिहीबार भएको फाइनलमा सिभालीले बंगलादेशी हुमीराह हैदरलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरिन् । सिभालीको यो दोस्रो स्वर्ण हो । यसअघि सिभाली र माल्दिभ्सकी अइसथ करिन सइजनको जोडी गल्र्स डबल्समा पहिलो भएको थियो । प्रतियोगिताको पुरुष डबल्समा भारतका अभी अग्रवाल र तनिस नन्दाको जोडी पहिलो बन्यो ।

अग्रवालको जोडीले फाइनलमा भारतका हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा हरायो । पुरुष एकलमा पनि तनिस फाइनलमा पुगेका छन् । सेमिफाइनलमा उनले नेपालका वृजेश अर्याललाई ३–६, ६–१ र ६–२ ले पन्छ्याउँदै भारतकै अभी अग्रवालसँगको फाइनल भेट पक्का गरे । अर्को सेमिफाइनलमा अभीले न्युजिल्यान्डका ज्याक्स रूपमाथि ६–० र ६–३ को जित दर्ता गरेका थिए ।