१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १७ बिहीबार १८:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहिलेको समीकरण मिसन ८४ सम्म : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १८:५५:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिसन–८४ सम्म कायम राख्ने बताएका छन्।

राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेलले भने, ‘अहिलेको समीकरण मिसन–८४ सम्म कायम राख्न चाहन्छौँ। जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो, जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो, मिसन–८४ मा त्यसलाई अन्त्य गर्न चाहन्छौँ। त्यसैकारण यो समीकरणलाई मिसन–८४ सम्म लिएर जान चाहन्छौँ।’

छोरा र छोरीका बीचमा अर्थात् छोरा भएन भने त मुक्ति पाइन्न भन्ने सोचबाट माथि उठ्नुपर्ने पनि उनको भनाइ थियो। 

‘छोरा र छोरीका बीचमा अर्थात् छोरा भएन भने त मुक्ति पाइन्न भन्ने सांस्कृतिक मनोदशा हाम्रो पारिवारिक ढाँचामा छ,’ उनले भने, ‘आमाहरू र बाबाहरूमा पनि उत्तिकै छ। समाजलाई समानतातर्फ लैजाने हो भने बैतर्नी तार्ने सामर्थ्य छोराहरूमा मात्रै होइन छोरीहरूमा पनि छ भन्ने सन्देश बोकेर आमाहरू र बाबाहरूले पनि बोकेर जान सक्नुपर्छ। त्यसपछि मात्रै हामीले चाहेको समानताको अधिकार तयार हुन्छ।’