Skip This
नेपालसहितका गरिब देशमा महामारी नियन्त्रण कोषको रकम बढाउन ध्यानाकर्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १७ बिहीबार १८:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालसहितका गरिब देशमा महामारी नियन्त्रण कोषको रकम बढाउन ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १८:५१:oo

महामारी नियन्त्रणका लागि समानता कायम गर्न नेपालसहित कम विकसित देशले कोषको रकम बढाउन विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले महामारी कोष सञ्चालन गर्ने सम्झौताको निर्णय लिन अन्तिम तयारी गरिरहेका वेला गरिब देशले महामारी नियन्त्रण कोषको रकम बढाउन ध्यानाकर्षण गराएका हुन्।

महामारीको समयमा कुनै पनि देशमा स्वास्थ्य सेवा, उपकरण र औषधिको अभाव हुन नदिन महामारी कोष सञ्चालन गर्ने भनिएको छ। विकसित तथा धनी देश र विश्व स्वास्थ्य संगठनबीच सन् २०२४ मे महिनाको अन्तिमसम्ममा महामारी कोष सञ्चालन गर्ने सम्बन्धमा सम्झौताको तयारी छ। अबको केही दिनमा यसबारेको निर्णय आउनेछ।

विश्व बैंकले सञ्चालन गर्ने महामारी कोषको आकार १० बिलियन डलर पुर्‍याउने र यसबाट हरेक वर्ष १ बिलियन डलर वितरण गर्ने तयारी छ। यही सम्झौतालाई ध्यानमा राखेर एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ)ले ‘सेभ आवर सोसाइटी’ (एसओएस) नारासहित नेपाललगायत विश्वका अरू गरिब देशमा महामारी कोषको रकम बढाउन माग गर्दै दबाबस्वरूप विश्वभर अभियान थालेको छ।

यो अभियानमा नेपाल सरकारले पनि ऐक्यबद्धता जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले यो अभियानले नेपाललगायतका गरिब देशको हितमा काम गर्ने बताए।

हाल विश्व स्वास्थ्य संगठनअन्तर्गतका देशहरूको जेनेभामा ७७औँ विश्व स्वास्थ्य सम्मेलन भइरहेको छ।