१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १२:४०:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल–भारत लगानी एक्स्पो सूरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १२:४०:००

काठमाडौंमा ‘नेपाल–भारत लगानी एक्स्पो’ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रन्चाईँज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट एक्स्पो सुरु गरिएको हो ।

नेपालमा वैदेशिक लगानी भित्रयाउने मुख्य उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।  दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको सो एक्स्पोमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन । बिहीबार नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने भएको छ ।