मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Sunday, 16 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १३:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वासको खडेरी परेको प्रधानमन्त्रीले देश चलाउन सक्दैन : सांसद पाण्डे

‘१६ महिनामा चारपटक विश्वासको मत लिनु गौरवकाे कुरा होइन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:४७:oo

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीप्रति विश्वासको खडेरी देखिएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीप्रति अविश्वास बढेको बताए।

१६ महिनामा चौथोपटक विश्वासको मत लिनुलाई प्रधानमन्त्रीले गौरवको रूपमा लिएको भन्दै पाण्डेले यसलाई आफूप्रतिको अविश्वासका रूपमा लिन सुझाए।

‘प्रधानमन्त्रीज्यूले हिजो त्यहाँ उभिएर सगौरव भन्नुभयो– मैले चारपटक विश्वासको मत लिएँ १६ महिनाभित्र । त्यो गौरवको विषय होइन सम्माननीय प्रधानमन्त्रीज्यू। त्यो भनेको तपाईंप्रतिको अविश्वास  हो,’ उनले भने, ‘तपाईं हप्ताहप्तामा विश्वासको मत  लिन थाल्नुभयो । तपाईं बिहान पनि विश्वासको मत लिन थाल्नुभयो, बेलुका पनि विश्वासको मत लिन थाल्नुभयो । विश्वासको खडेरी परेको प्रधानमन्त्रीले यो देशलाई कसरी हाँक्नुहुन्छ ? यो गम्भीर प्रश्न हो ।’