१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय चलाउन सहुलियतपूर्ण कर्जा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:१४:oo

सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियतकर्जा प्रदान गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

नवप्रवर्तन र स्टार्टअफ राष्ट्रिय अभियान सञ्चालन गरिनेछ। तीन तहका सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्यवयन गरिनेछ । सातै प्रदेशमा बिजनेस इन्कुबेसन केन्द्रको स्थापना गरी स्टार्टअपको विकास र प्रवर्द्धन गरिनेछ। 

औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसम्बन्धी कानुन, प्रक्रिया तथा संरचनालाई समयानुकूल बनाइनेछ । औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई आकर्षित गरिनेछ। 

उद्योगहरूमा चौथो पुस्ताको अवधारणा उपयोग गर्न प्रोत्साहित गरिनेछ । उद्योग र कृषि तथा अन्य क्षेत्रका उत्पादन, उपभोग र रोजगारी वृद्धिका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरिनेछ। उद्यमशीलता र नवप्रवर्तनका कार्यक्रम ल्याइनेछ। नेपाल व्यापार एकीकृत रणनीति कार्यान्यवनमा ल्याइनेछ। 

मेक इन र मेड इन नेपाल अभियानलाई प्रवर्द्धन गरिनेछ। स्वदेशी तथा विदेशी लगानीकर्तालाई खानी तथा खनिज पदार्थको उत्खनन, अन्वेषण र प्रशोधनमा आकर्षित गरिनेछ। 

वन, खानी र खानीजन्य स्रोतको संरक्षण हुने गरी समुचित उपयोग हुने गरी विकास निर्माणका लागि खनिज पदार्थ उपलब्ध गराउन विद्यमान कानुनी व्यवस्थामा पुनरावलोकन गरिनेछ। 

म्याग्नेसाइट, फोस्फाेरस, फोस्फाेराइट र फलामजस्ता सम्भाव्य खानीहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन गरिनेछ । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ।
 

ad
ad
ad
ad