१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गण्डकीका मुख्यमन्त्री नियुक्तिको मुद्दा ‘हेर्दाहेर्दैमा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o५:oo

१७ वैशाखका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले हेर्ने गरी पेसी तोकियो

सभामुखको गणना गर्दै आवश्यक बहुमत पुर्‍याएर गण्डकीमा गरिएको मुख्यमन्त्री नियुक्ति प्रकरणको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । 

सोमबार न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासले मुद्दाको बहससँगै सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । आगामी १७ वैशाखका न्यायाधीशद्वय प्रधान र सुवेदीको इजलासले हेर्ने गरी पेसी तोकिएको उनले बताए ।

पदमा बहाल रहेका सभामुखको गणना गर्दै एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले २५ चैतमा मुख्यमन्त्रीमा नियुक्त गरेपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २७ चैतमा संविधानको धारा ४६ तथा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायतको जो चाहिने उपयुक्त आज्ञा, आदेश पूर्जी जारी गरी पाऊँ भनी प्रदेश प्रमुखलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गरेका थिए । सो रिटमा २८ चैतमा दुई पक्षको बहसपछि न्यायाधीश विनोद शर्माको एकल इजलासले पूर्ण सुनुवाइका लागि सोमबार पेसी तोकेका थिए ।

अदालतले अधिकारी नेतृत्वको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्म नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भनी अन्तरिम आदेशसमेत जारी गरेको थियो । 

ad
ad