१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
आसाम राज्यको बहोनामा शुक्रबार मतदान गर्न लाइन बसेका मतदाता । तस्बिर : एएफपी
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

भारतमा लोकसभा निर्वाचन सुरु : पहिलो चरणमा ६० प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५९:oo

भारतको लोकसभा निर्वाचनको पहिलो चरणमा शुक्रबार २१ राज्य (केन्द्रशासित प्रान्त)सहितका एक सय दुई सिटका लागि मतदान भएको छ । कुल पाँच सय ४३ सिटमध्ये शुक्रबार पहिलो चरणमा भएको चुनावमा ६० प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगले औसत ६० प्रतिशत मतदाताले मतदान गरेको जनाएको छ । 

त्रिपुरामा सबैभन्दा बढी मत ७९ प्रतिशत खसेको छ । सबैभन्दा कम मतदान बिहारमा ४७ प्रतिशत मात्र भएको छ । जम्मु–कस्मिरमा ६५ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । 

पश्चिम बंगालमा ७७ प्रतिशतले मतदान गरेका छन् । नेपालीभाषी प्रान्त सिक्किममा ६८ प्रतिशतले मतदान गरेका छन् । सिक्किम र अरुणाचल प्रदेशमा विधान सभा निर्वाचनका लागि पनि शुक्रबारै मतदान भएको छ । 

पहिलो चरणमा राजस्थानका १२, उत्तर प्रदेशका आठ, मध्यप्रदेशका ६, बिहारका चार, पश्चिम बंगालका तीन, आसम र महाराष्ट्रका पाँच, मणिपुरका दुई र त्रिपुरा, जम्मु–कस्मिर र छत्तिसगढका एक–एक सिटमा मतदान भएको हो । 

यसैगरी, तमिलनाडु (३९), मेघालय (२), उत्तराखण्ड (५), अरुणाचल प्रदेश (२), अन्डमान निकोबार टापु (१), मिजोरम (१), नागाल्यान्ड (१), पुडुचेरी (१), सिक्किम (१) र लक्षद्वीप (१) को सबै लोकसभा सिटमा पनि मतदान भएको छ । भारतमा १ जुनसम्म सात चरणमा लोकसभा निर्वाचन हुनेछ । त्यसपछि मतगणना सुरु हुनेछ ।

ad
ad