मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ बैशाख ४ मंगलबार
  • Tuesday, 15 July, 2025
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख ४ मंगलबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख ४ मंगलबार १८:२८:oo

संखुवासभामा जबर्जस्ती करणी आरोपपछि फरार भएका व्यक्ति पक्राउ परेका छन्।

मंगलबार सभापोखरी गाउँपालिका– २ लिम्बुटार घर भएका ६४ वर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगूले बताए।

जबेगूका अनुसार श्रेष्ठले एक महिलालाई गत साउन २० गतेसम्म विभिन्न समयमा प्रलोभनमा पारेर पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीपछि फरार थिए। फरार रहेका श्रेष्ठलाई मंगलबार खाँदबारी नगरपालिका– १ स्थित टुँडिखेल बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

श्रेष्ठलाई नियन्त्रणमा लिई मुलुकी अपराधसंहिता, २०७४ बमोजिम जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको संखुवासभा प्रहरीले जनाएको छ।