१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

चिकित्सा शिक्षा आयोगको प्रतिवेदनले गरेकाे कारबाही सिफारिस कार्यान्वयन गर्न गगनकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:४८:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आफूहरूको साथ रहने प्रतिबद्धता जनाएका छन्।

प्रतिवेदन सार्वजनिक गरेकोमा सामाजिक सञ्जालमार्फत शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिँदै उनले प्रतिवेदन सार्वजनिक हुनु सकारात्मक रहेको उल्लेख गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्रीज्यूलाई धन्यवाद ! आयोग बन्ने, तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिका बीचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ।’

प्रतिवेदनले आधार र कारण खुलाएर कारबाहीको सिफारिस गरेकाहरूलाई कारबाही गर्नुपर्ने भन्दै थापाले त्यसमा कांग्रेसको साथ रहने प्रतिबद्धता जनाएका छन्। उनले थप लेखेका छन्, ‘प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्कलगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन्। त्यसलाई थप प्रभावकारी बनाउनुपर्नेछ। यससँगै प्रतिवेदनले आधार र कारण खुलाएरै ज-जसलाई कारबाहीको सिफारिस गरेको छ, त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ। र, यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि।’

आयोगले ०७४ माघमै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। १० महिना छानबिन गरेर बुझाएको प्रतिवेदन ६ वर्षपछि मात्रै सरकारले सार्वजनिक भएको हो।

ad
ad