एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर खड्का जिवी विजयी भएका छन्।
बुधबार सम्पन्न १०औँ जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्।
खड्काले १४४ र राईले १३१ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार तारा कार्कीले तीन मत ल्याइन्।
उपाध्यक्षमा कमलप्रसाद न्यौपाने विजयी भएका छन्। झम्कहरी बडाललाई ९५ मतले पराजित गर्दै न्यौपाने विजयी भएका हुन् । न्यौपानेले १८२ र बडाले ८७ मत ल्याए।
सचिवमा अशोक थापा निर्वाचित भए। प्रतिस्पर्धी टंकलाल गिरीलाई ३९ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन्। थापाले १५२ र गिरीले ११३ मत प्राप्त गरे।
दुई उपसचिवमा राजिव कट्वाल र अस्मिता थापा विजयी भए । कट्वालले दामोदर धमला र थापाले रमिला मगरलाई पराजित गरिन् । कट्वालले १३८ र धमलाले १२९ मत ल्याए भने महिला उपसचिवमा थापाले १७४ र मगरले ९८ मत ल्याइन् ।
जिवी खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ र निवर्तमान उपाध्यक्ष तथा संविधानसभा सदस्य रहेका हर्कबोल राईलाई केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य यज्ञराज सुनुवारको समर्थन थियो ।
निर्वाचित अध्यक्ष खड्का प्यानलबाट उपाध्यक्ष, सचिव र एक उपसचिव कट्वालले जितेका छन् । राई प्यानलबाट पदाधिकारीमा एक उपसचिव निर्वाचित भए ।