१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विद्युतका कर्मचारीको करेन्ट लागेर मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५५:oo

विद्युत् प्राधिकरण राजापुर वितरण केन्द्रमा कार्यरत राजापुर नगरपालिका– ७ भिम्मापुर बस्ने ४० वर्षीय श्यामलाल थारूको करेन्ट लागेर मृत्यु भएको छ । राजापुर नगरपालिका– १० खैरीमा विद्युत् जडान गर्दैगर्दा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरीका कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक सागर बोहोराले बताए ।

घरमा विद्युत् मिटर जोडेर विद्युत् पोलमा तार जोड्न लागेका थारूलाई पोलमै करेन्ट लागेको थियो । केहीबेर पोलमा अड्किएपछि जमिनमा झरेका थारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार बिहान विद्युतीय सुरक्षा दिवस मनाएर फिल्डमा काम गर्न निस्केका थारूलाई विद्युत् करेन्ट लागेको विद्युत् प्राधिकरण राजापुर वितरण केन्द्रका प्रमुख अनिलकुमार चौधरीले बताए ।

सुरक्षाको सम्पूर्ण ज्ञान भएको र सामान्य सुरक्षा सतर्कता अवलम्बन गरे पनि दुर्घटनावश करेन्ट लागेर थारूको मृत्यु भएको उनले बताए । स्थानीयवासीले भने थारूले चप्पल लगाए पनि बाँकी कुनै पनि सुरक्षा सामग्रीको प्रयोग नगरी पोलमा चढेको बताएका छन् । श्यामलाल करिब डेढ वर्षदेखि प्राविधिक हेल्पर पदमा करार सेवामा कार्यरत रहेको राजापुर वितरण केन्द्रले जनाएको छ ।

ad
ad