१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हावाहुरीले पोल ढलेपछि गुल्मीमा विद्युत् अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २२:o२:oo

शनिबार बेलुकी आएको हावाहुरीले बिजुलीका पोलहरू ढलेपछि गुल्मीमा विद्युत् अवरुद्ध भएको छ। 

वीरवास सब–स्टेसनमा आउने ३३ केभिए लाइनअन्तर्गत अर्घाखाँची बलकोट क्षेत्रमा रुख र पोलहरू ढलेका छन्। 

हावा हुरीले गुल्मीको रिडी–वीरवासका हाइटेन्सन लाइन जडान गरिएका चार-पाँचवटा पोल ढलेपछि गुल्मी वितरण केन्द्रको विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणको गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए। 

अर्घाखाँची आफूहरूको कार्यक्षेत्र नभए पनि मर्मत कार्य भइरहेको र गुल्मीतर्फ पनि मर्मत गरेर लाइन सञ्चालन गरिने पोख्रेलले बताए। 

ad
ad