१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ११ आइतबार २१:२५:००
Read Time : < 1 मिनेट
समाचार

एमाले अध्यक्ष ओलीले भने, ‘सुहाङमा केही गर्ने हुटहुटी र ऊर्जा छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ११ आइतबार २१:२५:००

एमालेले इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेलगत्तै अध्यक्ष केपी ओलीले आफू युवा सँगसँगै हिँड्न चाहेको आशय व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा सुहाङसँगको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो आशय व्यक्त गरेका हुन्। 

सुहाङलाई आफूले सरल र नयाँ जोस भएका युवाको रूपमा पाएको उल्लेख गर्दै उनले भनेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। फुटबल र क्रिकेटमा रुचि भएका, पेसाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोस भएका युवाको रूपमा पाएको छु। आमयुवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ।’

पार्टी मुख्यालयमा आज बसेको एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो।