१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस किएभ
२०८० चैत ८ बिहीबार १६:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनको राजधानीमा रुसद्वारा क्षेप्यास्त्र आक्रमण

Read Time : < 1 मिनेट
रासस, किएभ
२०८० चैत ८ बिहीबार १६:२६:००

युक्रेनको राजधानी किएभमा बिहीबार रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएका किएभ नगर सैनिक प्रशासन (केसिएमए)ले जनाएको छ।

मध्य सेभचेन्किभ्स्की जिल्ला र पश्चिमी स्वयातोसिन्की जिल्लामा रहेका दुई अग्ला आवासीय भवनमा क्षेप्यास्त्रद्वारा आक्रमण भएपछि यसबाट भवन र वरपरका क्षेत्रमा समेत क्षति पुगेको छ।

आक्रमणपछि मध्य पोडिल्स्की जिल्लामा रहेको एक ट्रान्सफर्मर सबस्टेसनमा आगलागी भएको थियो।

रुसी सेनाले बुधबार राति युक्रेनविरुद्ध इस्केन्डर–एम र किन्झाल नामक दुई ब्यालेस्टिक क्षेप्यास्त्र तथा ११ टियू–९५ एमसी बमवर्षक विमानबाट २९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको वायु सेनाले जनाएको छ।