१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस किभ
२o८१ बैशाख १८ मंगलबार १६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसद्वारा व्यापक आक्रमण

Read Time : < 1 मिनेट
रासस, किभ
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:o६:oo

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले दुई युक्रेनीको ज्यान लिनुको साथै हजारौँ घरपरिवार विद्युतविहीन भएका छन्।

पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एकजना हताहत भएका छन् भने एक भवन ध्वस्त भएको छ। अलजजिराका अनुसार आक्रमणपछि भीषण आगो लागेको थियो। यसै अवस्थामा गभर्नर मक्सिम कोजिट्स्कीले टेलिग्राममार्फत जारी उद्धार प्रयासलाई आह्वान गरेका छन्।

उत्तरपूर्वमा गभर्नर ओलेह सिनिहुबोभले खार्किब क्षेत्रको पेट्रोल स्टेसनमा हवाई आक्रमणपछि एक व्यक्तिको मृत्यु भएकोमा शोक व्यक्त गरे।

साथै, युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा खसालिएको रुसी ड्रोनले गरेको क्षतिले कैयौँ युक्रेनीलाई बिजुलीविहीन बनाएको छ। भग्नावशेषले ऊर्जा पूर्वाधारमा आगो लगाउँदा यस्तो अवस्था सिर्जना भएको अलजजिराले गभर्नर ओलेह किपरलाई उद्धृत गर्दै भनेको छ।

युक्रेनको अग्रणी निजी विद्युत् प्रदायक कम्पनी डिटेकले संकटको परिमाणलाई जोड दिँदै आक्रमणपछि एक लाख ७० हजार घरपरिवारले विद्युत् कटौतीको सामना गरेको बताएको छ। युक्रेनी वायुसेनाले अराजकताको बीचमा रुसी आक्रमणलाई रोक्दै रुसले प्रहार गरेका ११ ड्रोनमध्ये नौ र १४ वटा क्रुज मिसाइलमध्ये नौलाई खसालेको दाबी गरेको छ।

यद्यपि, डिटेकका प्रसारण केन्द्रमा भएको पछिल्लो आक्रमण युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमणको एउटा अंश मात्र हो। युक्रेनी ऊर्जा कम्पनी सेन्ट्रेनेर्गोका अनुसार रुसी आक्रमणले धेरै क्षेत्रहरूमा गम्भीर क्षति पुर्‍याएको छ। उत्तरपूर्वी खार्किब क्षेत्रको आधारशिला जिमिभ थर्मल पावर प्लान्ट भग्नावशेषमा परिणत भएको छ।

लगभग १२ लाख व्यक्तिले जिमिभ क्षेत्रमा बिजुली कटौतीको सामना गरिरहेका छन्। मार्च २२ मा प्लान्टमा गरिएको बम हमलाबाट करिब सात लाख युक्रेनी अँध्यारोको पीडा भोग्दै छन्। 

निरन्तरको आक्रमण र विनाशका बाबजुद युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिकूलताको सामना गर्न देशवासीसामु आग्रह गरेका छन्। सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समय कुनै पनि क्षण रुसी आतंकवादले युक्रेनी जीवनलाई ध्वस्त पार्न लागिपरेको बताए।

ad
ad