१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार १०:०७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

केन्द्रीय सचिवालय बैठक बोलाउने एमाले तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार १०:०७:००

एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी सुरु गरेको छ । तीन दिनभित्र सचिवालयको बैठक बोलाउनका लागि गृहकार्य गर्न बुधबार बसेको केन्द्रीय कार्यालय बैठकमा सम्भावित एजेन्डाबारे अनौपचारिक छलफल भएको छ । 

बैठकमा आगामी १५ वैशाखमा आयोजना हुने उपनिर्वाचनमा पार्टीले उठाउने उम्मेदवार, ८, ९ र १० वैशाखमा बोलाइएको केन्द्रीय परिषद् बैठक र पार्टी स्थापना दिवस तथा जिल्ला अधिवेशनलगायत विषयलाई सचिवालय बैठकको एजेन्डा बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । ‘एजेन्डाबारे अनौपचारिक छलफल भएको छ, तर सचिवालय बैठकको मिति तय भइसकेको छैन, सम्भवतः तीन दिनभित्रै बैठक बस्छ,’ उनले भने, ‘त्यो बैठकले उपचुनावको उम्मेदवार पनि तय गर्नेछ ।’

एमालेले ५ चैतभित्र इलाममा हुने प्रतिनिधिसभा निर्वाचन र बझाङमा हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार केन्द्रमा सिफारिस गरिसक्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशनअनुसार नाम आइसके पनि अहिलेसम्म त्यसबारे छलफल सुरु नभएको अधिकारीले बताए ।