१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार ०७:०४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वडाको प्रगति बढाउन विभागीय प्रमुखहरूलाई जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार ०७:०४:००

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले विभागीय प्रमुखहरूलाई वडास्तरका सम्भावनालाई उपयोग गर्ने गरी जिम्मेवारी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत परियारले बुधबार आयोजित बैठकमा हालसम्म वडाहरूले प्राप्त गरेको वित्तीय प्रगतिको ग्राफ प्रस्तुत गर्दै त्यहाँका सम्भावनालाई पहिचान गरी सहजीकरण गर्न विभागीय प्रमुखहरूलाई जिम्मेवारी दिएका हुन् ।

‘वडाका काम महानगरबाट अलग छैनन्, अलग होइनन् । यसकारण त्यहाँको सम्भावनालाई उपयोग गर्नुपर्छ । चुनौतीको समाधान गर्नुपर्छ । समस्याको समाधान गरिदिनुपर्छ । यसका लागि एकजना विभागीय प्रमुखलाई दुईवटा वडाको जिम्मेवारी दिएको छु,’ उनले भने, ‘अहिलेसम्म देखिएको प्रगतिको अंक तपाईंहरूले काम थाल्ने विन्दु हो । तपाईंको सहजीकरणपछि यसअघिको विकास गतिले कति फरक पार्छ, तपाईंको उपस्थितिको मापन सूचक हो ।’

प्रशासन विभाग प्रमुख दीपक अधिकारीलाई वडा ६ र १६, सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेलाई वडा ५ र ७, सहरी विकास विभागका प्रमुख अर्चना श्रेष्ठलाई वडा २ र १७, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलाई वडा १२ र १५, राजस्व विभागका प्रमुख ध्रुव काफ्लेलाई वडा ८ र १४ को जिम्मेवारी दिइएको छ ।

यसैगरी, वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीलाई वडा ९ र १० को जिम्मेवारी दिइएको छ । खरिद एकाइका प्रमुख नमराज ढकाललाई वडा ३ र ११, सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यलाई वडा २१ र २९, योजना अनुगमन तथा मूल्यांकन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीलाई वडा २० र ३०, आन्तरिक लेखापरीक्षण एकाइका प्रमुख यादव घिमिरेलाई वडा १ र ३१ को जिम्मेवारी दिइएको छ ।