१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ७ बुधबार १६:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंसहित धेरै स्थानमा मध्यम वर्षा, शुक्रबारदेखि मौसम खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ७ बुधबार १६:३४:००

देशका धेरै भू–भागमा आज वर्षा भएको छ। बागमती प्रदेशको काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेश प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। 

उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४.६ तथा सर्लाहीको चुरेमाईमा ३१.८ र सिन्धुलीमा ३०.२ मिलिमिटर वर्षा भएको छ। 

ललितपुरको लेलेमा १३.६, काठमाडौंको ढापड्याममा १०.४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७.४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए। ‘काठमाडौंमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबारदेखि मौसम खुल्दै जानेछ,’ उनले भने।