१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ५ सोमबार १९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङको निसीखोलामा बस दुर्घटना, सातको मृत्यु, २५ घाइते

Read Time : < 1 मिनेट
२०८० चैत ५ सोमबार १९:३४:००

बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्। 

निसीखोला गाउँपालिका– ६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो। 

उद्धारका लागि घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकका अनुसार दुर्घटनामा कम्तीमा सातजनाको मृत्यु भएको हो। उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए। 

बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको पनि विकले बताए। उद्धार अहिले पनि चलिरहेको छ। 

पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्गदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। 

बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले मृतक र घाइतेको अन्तिम विवरण आइसकेको छैन। 

मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको घटनास्थलमा पुगेका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए।