१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ५ सोमबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुठी विधेयक ल्याउन माग

सदनमा एकीकृत समाजवादी मेटमणि चौधरीले भने, ‘सदियौँदेखि भोगचलन गर्दै आए पनि किसानले जमिनको स्वामित्व पाउन सकेका छैनन्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ५ सोमबार १६:२०:००

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गुठी विधेयक ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद चौधरीले किसानका समस्या समाधान गर्न गुठी विधेयक ल्याउन माग गरेका हुन् । 

उनले स्वर्गद्वारीका किसान केन्द्रसम्म धाउँदा पनि सरकारले गुनासो नसुनेको भन्दै ध्यानाकर्षण गराए । ‘किसानले सदियौँदेखि भोगचलन गर्दै आए पनि जमिनको स्वामित्व पाउन सकेका छैनन्,’ उनले भने, ‘दाङका किसान झन्डै एक महिनादेखि आन्दोलनरत छन् । तिनका माग सम्बोधन गर्न तत्काल गुठी विधेयक ल्याउन माग गर्दछु ।’

उनले नेपाल संस्कृत विश्वविद्यालयका नाममा अनियमितता भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।