१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:४९:oo

गर्मी सुरु भएसँगै जीवनशैली परिवर्तन हुन थालेको छ । जाडोमा बाक्ला कपडा लगाउँदा वाक्कदिक्क भएकाहरू समरमा हल्का र फेसनेबल कपडा लगाउन चाहन्छन् । फेसनेबल देखिनका लागि कलर, फ्याब्रिक चयनलगायत कुरामा ख्याल गर्नुपर्ने हुन्छ । त्यस्तै, ड्रेसअपअनुसार सुहाउँदो हेयर स्टाइल गर्नुपर्छ । 

लाइट कलर 
गर्मीका दौरान लाइट कलरका कपडा लगाउनु राम्रो हुन्छ जसले कम गर्मी महसुस हुन्छ र आकर्षक पनि देखिन्छ । अल ह्वाइट ड्रेस यस मौसममा धेरैले रुचाउँछन् । फ्लोरल प्रिन्ट भएका कपडाले गर्मी र बर्सात् दुवैमा शीतल महसुस गराउँछ । तर फ्लोरल प्रिन्ट ज्यादा चम्किलो हुनु हुँदैन । 

कस्ता कपडा ट्रेन्डिङमा
महिलाले सर्ट ड्रेस, सर्ट–पेन्ट, पेन्सिल स्कर्ट, कटन फ्रक, वान पिस, टु पिसलगायत कपडा लगाउन सक्छन् । बोल्ड तथा ग्ल्यामर देखिन क्वार्टर, फिटिङ पेन्ट, एंकल लेन्थ पेन्ट, युनिसेक्स पाइन्ट अधिकांशको रोजाइमा छ । स्लिम हाफ वान पिसले पनि स्थान पाइरहेको छ । साडी, कुर्था सदावहार नै भइहाले । यसलाई नयाँ स्टाइल दिएर पनि लगाउन सकिन्छ । कटन, खादी, लिनेन, सिफन, रायोनको हल्का लुज कपडाले आरामदायी महसुस गराउँछ र गर्मी पनि धेरै हुन दिँदैन । 

क्याजुअल लुक्स  
क्याजुअल लुक्समा महिला–पुरुष दुवैले जिन्स पाउन्ट लगाउँदा माथि टिसर्ट र डेनिमको सर्ट लगाउन सकिन्छ । सर्टको बटन खोल्दा निकै आकर्षक देखिन्छ । त्यस्तै, ग्रन्च पाइन्टका साथ स्मार्ट कोट लगाउँदा पनि राम्रो देखिन्छ । फर्मल ड्रेस गर्दा पनि कलर कम्बिनेसन मिलाउन जरुरी छ ।

पुरुषले सेतो सर्ट र कालो पाइन्ट कम्बिनेसन गरेर लगाउँदा सुहाउँछ । मरुन पाइन्टमा पनि सेतो सर्ट नै सुहाउँछ । समरमा कुर्ता र पाइजामा पनि पुरुषलाई सुहाउँछ । सेतो, ग्रिन, मरुनलगायत लाइट कलरका कुर्था निकै सुहाउँछ । बजारमा विभिन्न डिजाइनका रेडिमेड कुर्था पाइन्छन् । 

घडी 
क्लासिक लुक्स दिने घडी लगाउँदा राम्रो हुन्छ । तर, धेरै स्टाइलिस होइन, सिम्पल घडी छान्नुस् । 

जुत्ता चयन
तपाईंको लुक्सलाई डिफाइन गर्न जुत्ताले निकै सहयोग गर्छ । पुरुषलाई फर्मल कपडामा छालाको जुत्ता सुहाउँछ । क्याजुअल ड्रेसमा स्पोर्टस् सुज सुहाउँछ । यो निक आरामदायी पनि हुन्छ । महिलाले कुर्था, लेहेंगा लगाउँदा स्यान्डल लगाउने गर्छन् । तर, हाई हिल भएका स्यान्ड लगाउनुको साटो फ्ल्याट स्यान्ड लगाउनु आरामदायी हुन्छ । 

बच्चाको कपडा 
गर्मीमा बच्चालाई आरामदायी कपडा किनिदिनुपर्छ । जसकारण उनीहरूलाई खेल्न सहज होस् । बच्चालाई सुती, मलमल, लिनेनको ड्रेस लगाइदिँदा गर्मी कम हुन्छ । कार्टुन क्यारेक्टर प्रिन्ट भएका रंगीचंगी कपडा उनीहरूको रोजाइमा पर्ने गर्छ । यस्ता कपडा लगाउँदा उनीहरू खुसी हुन्छन् ।

ad
ad