१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १ बिहीबार ११:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा लगानी प्रवर्द्धन गर्न अध्यक्ष ढकालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १ बिहीबार ११:०९:००

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँग भेट गरेका छन् । राजदूतसँगको भेटमा ढकालले नेपालमा लगानी प्रवद्र्धन गर्न आग्रह गरे ।

ढकालले बुधबार युएईका राजदूत महामहिम अब्दुल्ला अल सम्सी र नेपालका लागि मान्यताप्राप्त भारतका लागि मंगोलियाका राजदूत महामहिम गानबोल्ड डम्बाजाभसँग भेटवार्ता गरेका थिए । नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यही वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे । 

युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताका लागि महामहिमलाई धन्यवाद दिए । उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराए । भेटमा महामहिम अब्दुल्ला अल सम्सीले नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौताको सम्भावनाका बारेमा पनि कुरा राखे । 

त्यसैगरी, मंगोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा कुराकानी गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराए ।