१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २० बिहीबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भरुवा बन्दुकसहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o४:oo

एकनाले भरुवा बन्दुक साथमा लिएर लुकिछिपी बस्दै आएका मन्थली नगरपालिका– ११ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका– ११ गेलुस्थित काउलेका ४२ वर्षीय कुमार तामाङ रहेका छन् ।

भरुवा बन्दुकसहित तामाङ मन्थली नगरपालिका– १३ फुलासीमा पर्ने घ्याङडाँडा सामुदायिक जंगलमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासी पोखरीडाँडाबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित तामाङलाई सोमबार साँझ पक्राउ गरेको हो ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए । 
 

ad
ad