१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २८ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २८ सोमबार ११:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बुढानीलकण्ठमा एक अर्ब २० करोड लगानीमा खुल्दै क्लासिक भ्यु रिसोर्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २८ सोमबार ११:५३:oo

बुढानीलकण्ठको शिवपुरी जंगलनजिक निर्माण भइरहेको ‘क्लासिक भ्यु रिसोर्ट’ २५ जुनदेखि सञ्चालनमा आउने भएको छ । एक अर्ब २० करोड रुपैयाँ लगानी रहने रिसोर्ट २५ रोपनी क्षेत्रफलमा फैलिएको छ, जहाँ २५ वटा भिल्ला र ४० कोठा गरी कुल ६५ कोठा रहने बताइएको छ । 

रिसोर्टमा चारजना व्यवसायीको मुख्य लगानी रहनुका साथै नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले १५ प्रतिशत लगानी गर्नेछ । ग्लोबल इक्विटी फन्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवद्र्धन गरिएको यस फन्डले लग्जरी रिसोर्टमा लगानी गरेको हो । ‘अहिले रिसोर्टको काम करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ,’ ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापाले भने, ‘रिसोर्टबाट शिवपुरी जंगल र काठमाडौं भ्यालीको दृश्यावलोकन गर्न पाइन्छ, यो वेलनेस रिसोर्ट हुनेछ ।’

बुढानीलकण्ठ हाइटमा अवस्थित क्लासिक भ्यु रिसोर्ट लक्जरी पर्यावरणमैत्री रिसोर्ट हो । आगामी जुनमा सफ्ट ओपनिङ गर्ने लक्ष्य राखिएको रिसोर्ट निर्माण अन्तिम चरणमा रहेको जनाइएको छ । 

शिवपुरी जंगलको रमणीय दृश्यका साथ पर्यटकलाई अनुपम अनुभव प्रदान गर्ने लगानीकर्ताको विश्वास छ ।फन्डबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलअनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिने बताइएको छ । यस लगानीबाट एनआइआइएफले प्रिमियर लक्जरी पर्यावरणमैत्री रिट्रिट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ । 

ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. थापाले यस साझेदारी नेपालमा दिगो पर्यटन विकासलाई प्रवद्र्धन गर्ने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण भएको बताए । ‘रिसोर्ट घरेलु र अन्तर्राष्ट्रिय पाहुनाका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महŒवपूर्ण योगदान पु¥याउनेमा हामी विश्वस्त छौँ ।’

ad
ad
ad
ad