१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २८ सोमबार
  • Friday, 05 July, 2024
२o८o फाल्गुण २८ सोमबार १o:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगानी सम्मेलनलाई सक्रियता बढाउँदै अर्थमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २८ सोमबार १o:५४:oo

अर्थमन्त्री वर्षमान पुनले आगामी लगानी सम्मेलनका लागि सक्रियता बढाउन थालेका छन् । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा लगानीकर्ताको सहभागिता बढाउन ठूला आर्थिक शक्ति राष्ट्रका प्रतिनिधिसँग मन्त्री पुनले भेटघाट बढाएका हुन्।

आइतबार मन्त्री पुनले अमेरिका र बेलायती राजदूतसँग भेटेरै लगानीकर्ताको सहभागिता बढाउन आग्रह गरेका छन् ।नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा उनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे । त्यस्तै, नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको पनि बताए ।

‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्यान्ड हो,’ पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।’ पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा आइटी राम्रो सम्भावनाको क्षेत्र भएको बताए । 

लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै हुने बताउँदै सरकार त्यसले तयारीका लागि तीव्रता दिइरहेको उल्लेख गरे । जवाफमा राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ल सम्मेलन सफल पार्न सघाउने प्रतिबद्धता
बेलायतले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ । अर्थमन्त्री पुनसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले सहयोग गर्ने प्रतिबद्धता जनाए । भेटमा बेनरले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धिमूलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताए । 
लगानी सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा ‘सार्वभौम रेटिङ’जस्ता काम पूरा गर्न आग्रह गरे । बेलायतले नेपालको लगानी सम्मेलनलाई यसअघि नै समर्थन जनाइसकेको छ ।  
अर्थमन्त्री पुनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सबै कामका लागि तयार रहेको बताए । त्यसका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत सुधारका काम अघि बढाइसकेको उल्लेख गरे । निजी क्षेत्रको लगानी विस्तार र आर्थिक गतिविधि बढाउने तथा युवालक्षित रोजगारीका कार्यक्रममा आफ्नो ध्यानकेन्द्रित हुने उनको भनाइ थियो । भेटमा नेपालका लागि बेलायती राजदूत रब फेनसहितका अधिकारी सहभागी थिए । 
भेटमा मिलरले नयाँ विकास साझेदारी कार्यक्रमअन्तर्गत बेलायत सरकारले दिने भनिएको चार सय मिलियन पाउन्ड (करिब ६७ अर्ब रुपैयाँ) अनुदानसम्बन्धी सम्झौता कार्यान्वयन सुरु भइसकेको जानकारी मन्त्री पुनलाई दिए । 

ad
ad
ad
ad