Skip This
जसपा सरकारमा सहभागी, दुई मन्त्रीद्वारा शपथ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २७ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २७ आइतबार १३:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा सरकारमा सहभागी, दुई मन्त्रीद्वारा शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २७ आइतबार १३:११:oo

जनता समाजवादी पार्टीबाट मन्त्री बनेका दुईजनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई शपथ गराएका हुन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। उपप्रधानमन्त्रीहरुमध्ये यादवको वरीयता चौथो स्थानमा छ।

जसपा नेपालका अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका हुने भने साह प्रतिनिधिसभा निर्वाचन ०७९ मा सप्तरी १ बाट निर्वाचित भएका हुन्।