१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अस्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनविना अन्नपूर्ण हिमाल चढ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२८:oo

 अस्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनविना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् । उनले शनिबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै सन् २०२६ भित्र विनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन् । यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको उनले बताएकी हुन् ।

‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु,’ पेपरले भनिन् । उनले कपनको सेभेन समिट ट्रेक्समार्फत विनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी हुन् । पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल विनाअक्सिजन आरोहण गरेकी थिइन् ।

पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छिन् । ब्रोडपिक विनाअक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिलासमेत हुन् । विश्वमा हालसम्म ६ जना आरोहीले मात्र विनाअक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् । 

ad
ad