१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २७ आइतबार १०:००:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तामाङले जिते चिभास गल्फ ओपन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २७ आइतबार १०:००:००

श्याम तामाङले चिभास ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा तामाङले सर्वाधिक ४० अंक जोड्दै उपाधि हात पारेका हुन् । आस्थमा रामा सिंखडा र तामाङबीच शीर्ष स्थानमा बराबरी भएको थियो । त्यसपछि ४० स्टेबल फोर्डमा तामाङले सर्वाधिक २२ अंक जोडेका थिए ।

स्टेबल फोर्डमा १९ अंक जोडेका सिंखडा उपविजता बने । टासी छिरिङले ३६ ग्रोस अंक जोड्दै उत्कृष्ट ग्रोस उपाधि जितेका छन् । महिलातर्फ आर्शिया बानु उपविजेता भइन् । उनले सर्वाधिक ३२ अंक प्राप्त गरिन् । ३० अंक बटुलेकी आरती राना उपविजेता भइन् ।

सिनियर विधामा भाइराजा पाण्डे र मदन रानाबीच टाई भएको थियो । दुवै खेलाडीले ब्याक तथा फन्ट नाइनमा समान अंक बटुलेका थिए । प्रतियोगितामा वान्चेनले सर्वाधिक वर्डीको विधा जिते । उनले सर्वाधिक पाँच वर्डी प्रहार गरेका थिए । कवि थापाले क्लोज टु पिन उपाधि हात पारे । उनले १०औँ होल इन वान गर्न केवल तीन फिटले चुके । नोर्बु शेर्पाले लङगेस्ट ड्राइभको उपाधि जिते ।