१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २४ बिहीबार ०९:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खेल र खेलाडीलाई एनसेलको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २४ बिहीबार ०९:२८:००

एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलमा आबद्धता जनाउँदै आएको बताएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीलाई एनसेलले सहयोग गरेको स्मरण गरेको छ । 

मंगलबार सम्पन्न ‘त्रिदेशीय टी–२० आई सिरिज २०२४’ बाहेक हालै भएको आइसिसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको थियो । ‘हाम्रो साथ नेपाली क्रिकेटलाई’ भन्ने थिमका साथ एनसेलले यी खेलमा सहयोग पुर्‍याएको जनाएको छ । 

यसैगरी, ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा आधारित भई एनसेलले ‘वीरगन्ज गोल्डकप’ र ‘झापा गोल्डकप’लगायतका फुटबल खेलमा आबद्ध भएको थियो । विगतमा पनि एनसेलले एन्फासँगको सहकार्यमा ‘ए’ डिभिजन, यू–१६, वुमन्स नेसनल च्याम्पियनसिप, वुमन्स नेसनल टिमका साथै क्रिकेटअन्तर्गत क्यानको प्राविधिक सहयोगमा ‘एनसेल नेपाल प्रिमियर लिग’ गरेको कम्पनीले बताएको छ । 

त्यस्तै, ‘हामी तपाईंकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय पारालम्पिक समिति ९एनपिसी० नेपालसँगको सहकार्यमा नेपाल पारालम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ । चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई सम्मान गर्दै एनसेलले एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको थियो ।

एनसेलले गत भदौमा आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवका अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी ९सिएसआर०अन्तर्गत एनपिसीसँग सहकार्य घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ ।