१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तीन दलबाट बन्दै छन् यी तीन मन्त्री, आजै शपथकाे तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२२:oo

नयाँ सत्तागठबन्धनका तीनजना मन्त्रीले आज शपथग्रहण गर्दै छन् ।  माओवादी, एमाले र रास्वपाबाट तीनजना मन्त्री सहभागी गराई प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । 

आज माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट प्रमुख सचेतक पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्याललाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्दै छन् । 

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ । तीनैजना मन्त्रीले आज विनाविभागीयमन्त्रीको शपथग्रहण गर्ने बताइएको छ ।

वर्तमान सत्तागठबन्धनलाई समर्थन गरे पनि जसपाले मन्त्रीको नाम टुंग्याइसकेको छैन । सत्ता बाँडफाँट बाँकी रहेकाले अहिलेसम्म जसपाबाट आज मन्त्री बन्ने–नबन्ने टुंगो लाग्न बाँकी रहेको हो । 

ad
ad