१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ऊर्जामैत्री बागदरबार बनाउन सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३o:oo

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित आफ्नो केन्द्रीय कार्यालय बागदरबारलाई सबलीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसक्रममा भवनलाई ऊर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि बिल्डिङ इनर्जी एफिसियन्सी इन, नेपाल (बिन)सँग शुक्रबार सम्झौता गरेको छ ।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र बिनका परियोजना प्रबन्धक डेनियल नेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बागदरबारको सबलीकरण (रेक्ट्रोफिटिङ) गर्दा ऊर्जामैत्री बनाउने डिजाइन तयार पार्ने, सहरमा निर्माण गरिने भवनलाई ऊर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने सम्झौताबमोजिम हुने मुख्य काम हुन् । सम्झौताका बारेमा जानकारी दिँदै आयोगका उपाध्यक्ष डा. राजभण्डारीले भने, ‘बढ्दो वातावरणीय ह्रास घटाउन ऊर्जामैत्री भवन निर्माण सुरु भएपछि कार्बन उत्सर्जनबाट हुने असर कम गराउन मद्दत हुनेछ ।’

पुरातात्विक महत्वको बागदरबारको सबलीकरण गर्दा प्रयोग गरिने निर्माण सामग्री, पर्खाल, जग र छानाको अवस्था, कोठा तताउन वा हावालाई दोहोरो आउने–जाने बनाउन, प्राकृतिक प्रकाशलाई सबैतिर पुग्ने बनाउन र यी अवस्था सिर्जना गर्दा प्रदूषण कम गराउने विधि अपनाउने विषयमा अध्ययन हुनेछ । यसका आधारमा डिजाइनसमेत तयार पारिनेछ । ‘मानव बसोवासका लागि उपयुक्त सहर बनाउने प्रयासमा हामी सहयोग गर्न आएका हौँ । बागदरबारको अध्ययनपछि हामीलाई आधार तथ्यांक प्राप्त हुनेछ,’ सम्झौतापछि प्रबन्धक नेयरले भने ।

ad
ad