१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

सरू संगीत घरद्वारा राष्ट्रिय पुरस्कार घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:o८:oo

संगीत सिकाउने पाठशाला सरू संगीत घरले आगामी वर्षदेखि ‘सरू संगीत राष्ट्रिय पुरस्कार’ दिने भएको छ।

स्वदेश तथा विदेशमा रहेर नेपाली गीत, संगीत तथा नृत्यका क्षेत्रमा विशिष्ट योगदान गरेका र ४० वर्ष उमेर पुगेका व्यक्तिलाई अर्को वर्षको साउनमा पुरस्कार दिने घोषणा भएको छ।

सरू संगीत घरको तेस्राे वार्षिकोत्सवका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक एवं वरिष्ठ संगीतकार डेनी निरौलाले यो घोषणा गरेका हुन्। वरिष्ठ गायिका कुन्ति मुक्तान र वरिष्ठ संगीतकार शिलाबहादुर मुक्तानको उपस्थितिमा पुरस्कार घोषणा भएको हो।

‘पुरस्कार व्यवस्थापनका लागि तीन लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । पुरस्कारको राशि २५ हजार पाँच सय पाँच रुपैयाँ रहनेछ,’ संगीतकार निरौलाले भने । पुरस्कृत व्यक्ति छनाेटका लागि हरेक वर्ष वैशाखमा स्वतन्त्र सरू संगीत राष्ट्रिय पुरस्कार छनाेट समिति गठन गरिने उनले जानकारी दिए ।

उनले दिवंगत आमा सरस्वती निरौलाको स्मृतिमा पुरस्कार दिने घोषणा गरेका हुन् । संगीतकार डेनी, पिता संगीतकार कोमल निरौला, इन्दिरा निरौला, सविता निरौला, भीषण निरौला, सिर्जना अधिकारी, झुमा निरौला र सविन भट्टराईको संयुक्त प्रयासबाट अक्षय कोष स्थापना भएको हो ।

सरू संगीत घर ललितपुरको महालक्ष्मी– ५ मा रहेको छ भने हालसम्म त्यहाँबाट ७२ जनाले संगीत प्रशिक्षण लिइसकेका छन्।

ad
ad